
विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका ६७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
रंगेली नगरपालिका-२ स्थित ज्ञानज्योति अंग्रेजी स्कुलका प्रिन्सिपल निराजन दाहालले सामाजिक उत्तरदायित्व अनुसार गरिब तथा विपन्न विद्यार्थीहरूलाई विद्यालय पोशाक सहयोग गरेका हुन् ।
ज्ञानज्योति स्कुलका शिक्षक शिव लम्साल, त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक दिनेश बिष्ट, विजय प्रभात खवास लगायतले विद्यार्थीहरूलाई पोशाक वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू नवराज सुवेदी लगायतले आगामी दिनमा समेत गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

संगालोखबर 















