
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर पाँच हजार दुई सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













