संगालोखबर

धनकुटा । धनकुटामा गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी भोट ल्याउने पालिका र वडा कमिटीलाई नेकपा एमालेले सम्मान गरेको छ । आफ्नो भूगोलमा एमालेको पक्षमा बढी मत ल्याउने एउटा पालिका कमिटी र तीन वटा वडा कमिटीलाई एमाले जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

Advertisement

जिल्लाका सात पालिका मध्ये एमालेको पक्षमा तुलनात्मक रुपमा सबैभन्दा बढी प्रतिशत मत ल्याउन सफल चौबिसे गाउँ कमिटीलाई सम्मान गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरूमध्ये एमालेको पक्षमा सबैभन्दा बढी प्रतिशत मत ल्याएर प्रथम हुने एमालेको चौबिसे ३ नं. वडा कमिटी, दोस्रो हुने सहिदभूमि ६ नं. वडा कमिटी र तेस्रो हुने पाख्रीवास ७ नं. वडा कमिटीलाई सम्मान गरिएको छ ।

एमालेका चार वटै कमिटीका अध्यक्षसहित पदाधिकारीहरूलाई पार्टीका केन्द्रिय सदस्य एवं नव निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, केन्द्रिय सदस्य तारा तितुङ, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मानित गर्नुभएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट एमाले नेता राजेन्द्र राई १८ हजार १ सय ३२ मतसहित निर्वाचित हुनु भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!