संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा आज दिउँसो फलैचाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेलियाका ५६ वर्षीय लक्ष्मण लिम्बू छन् ।

प्रहरीका अनुसार उनी दिउँसो करिब १२ बजे छिमेकी भीमकुमार लिम्बूको घर अगाडि रहेको फलैचाबाट लडेका थिए । फलैचाबाट करिब २० फिट तल खस्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!