
विराटनगर । विराटनगर महानगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-१८ का ३० वर्षीय अजय मण्डलको मृत्यु भएको हो ।
शनिबार राति करिब पौने १० बजे मण्डलले चलाएको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भएर को २ स १६२ नम्बरको कवाडी बोक्ने ईभी लोडरमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । थप उपचारका लागि नोबेल अस्पताल पठाइएकोमा आज बिहान चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीले लोडर चालक १९ वर्षीय मोहम्मद मोसिमलाई नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













