संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङ प्रहरीले बैंकिङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ का ४० वर्षीय साजाहक मियाँ छन् ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत मोरङले २०८० चैत ७ गते उनलाई ५ वर्ष कैद र ४४ लाख ६२ हजार ४ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले आज गाउँबाटै पक्राउ गरेको हो । त्यस्तै चोरी मुद्दामा ४ दिन कैद र १ हजार जरिवाना सजाय तोकिएका सोही ठाउँका अजय कटवाल पनि पक्राउ परेका छन् ।

दुवै जनालाई सजाय भुक्तानका लागि अदालतमा उपस्थित गराई कारागार पठाइने मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!