लमजुङ, २९ असोज । विद्याथीहरुलाई हात धुन सिकाउदै लमजुङमा विश्व हात धुने दिवस मनाइएको छ । रोट्रयाक्ट क्लव, लमजुङले बेसीशहरस्थित जनविकास माविका विद्यार्थीहरुलाई हात धुन सिकाउदै यो दिवस मनाएको हो ।

Advertisement

एक कार्यक्रमकाबीच विद्यालयका शिशुदेखि दुई कक्षामा अध्ययनरत साना बालबालिकाहरुलाई हात धुने तरिका सिकाइएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी निर्मला थापाले हात धुने तरिका सिकाएकी हुन् । हात धुने तरिका सँगै विद्यार्थीहरुलाई दाँत माझ्ने तरिका पनि सिकाइएको क्लवका सचिव सुजन श्रेष्ठले जानकारी दिए ।

तीनवटा कक्षाका ४४ जना विद्यार्थीहरुलाई एकएक वटा हात धुने सावुन र दाँत माझ्ने ब्रस पनि वितरण गरिएको श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!