संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा एउटा सामुदायिक कुकुरलाई क्रुरतापूर्वक कुटपिट गरी मार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोसी गाउँपालिका-३ का ३५ वर्षीय सन्तोष दास छन् ।

फागुन २४ गते बिहान करिब ६ बजे आफ्नो मकैबारीमा पसेको निहुँमा एउटा सामुदायिक कुकुरलाई लठ्ठीले निर्घात कुटपिट गरेका थिए । दासको कुटाइबाट उक्त कुकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

कुकुरलाई क्रुरतापूर्वक मारेको भन्दै परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई बुधबार दिउँसो उनलाई घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दासमाथि पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ५ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!