संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ मा पार्किङ गरेर राखिएका ६ वटा  बसमा आगलागी भएको छ । अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको हो ।

आगलागीबाट को १ ख ६२७४, प्र १-०१-००१ ख ४०३७ र बा ४ ख ५७५९ नम्बरका बस पूर्णरूपमा जलेका छन् । को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार बसभित्रै तार सर्ट भएको आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागी को १ ख ६२७४ को बसबाट आगो सुरु भएको जनाइएको छ । विराटनगर-धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!