संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । दुर्घटनामा ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको छ ।

आज बिहान करिब ७ः३५ बजे विराटनगर-४ स्थित राजवंशी चोकमा नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा बिहान ९ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका-६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन् । उनको नोबेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका सई हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भएर कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीमा कार्यरत थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!