संगालोखबर


विराटनगर । मोरङमा प्रत्यक्षतर्फ सबै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेकोमा  २८ हजार ४९९ मत बदर भएको छ । ४ लाख ७६ हजार ५६९ सदर मतमध्ये रास्वपाले सबैभन्दा बढी प्राप्त गरेको हो ।

रास्वपाले मोरङ जिल्लाभरि २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । सदर मतको ५३.३० प्रतिशत रास्वपाले पाएको हो । मोरङमा समानुपातिकतर्फ ६६ हजार ९०७ मत ल्याएर काँग्रेस दोस्रो भएको छ । तेस्रो स्थानमा रहेको एमालेले ४९ हजार १३२ मत ल्याएको छ ।

श्रम संस्कृति पार्टीले ४४ हजार २०१ मत ल्याउँदा  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १९ हजार ९९६,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १२ हजार ४३२, जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार ५१४ र राष्ट्रिय उर्जाशील पार्टी नेपालले २ हजार ६५४ मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर १ मा रास्वपाले २९ हजार २९८ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले १७ हजार ५७० मत ल्याएको छ । यस्तै एमालेले ९ हजार ६९२, काँग्रेसले ९ हजार ११८, नेकपाले २ हजार २७ र राप्रपाले १ हजार ६६५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा रास्वपा ४३ हजार ५०७, एमालेले १२ हजार ४०३, काँग्रेसले ११ हजार ६३१, श्रम संस्कृति पार्टीले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाले ४३ हजार ५०७ मत प्राप्त गर्दा एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृतिले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत पाएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाले ४६ हजार १५७ मत ल्याउँदा काँग्रेसले १० हजार ३४०, नेकपाले ६ हजार ५४५, एमालेले ६ हजार ३१४, राप्रपाले २ हजार ४१३ र श्रम संस्कृतिले १ हजार ४३० मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ५ मा रास्वपाले ३७ हजार ९४७ मत प्राप्त गरेको छ भने काँग्रेसले ८ हजार ७९२, जसपाले ६ हजार ५१५, नेकपाले ६ हजार २२८, एमालेले ५ हजार ९३२ र राष्ट्रिय उर्जाशील पार्टीले २ हजार ३७४ मत पाएका छन् ।

क्षेत्र नम्बर ६ मा रास्वपाले सबैभन्दा धेरै ५४ हजार ५०० मत प्राप्त गर्दा काँग्रेसले ११ हजार ९६४, एमालेले ७ हजार २४, श्रम संस्कृति पार्टीले ३ हजार ७५४, राप्रपाले ३ हजार ६३६ र नेकपाले १ हजार ९३० मत प्राप्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!