संगालोखबर


धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार धनकुटामा नेकपा एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ ।

एमालेले १६ हजार ५६७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो स्थानमा छ । रास्वपाले १४ हजार ६७९ मत पाएको छ । तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ६९० मत पाएको छ ।

यस्तै नेपाली काँग्रेसले ८ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १ हजार ६३४, जनता समाजवादी पार्टी, नेपालले १ हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २०५ मत पाएका छन् ।

राष्ट्रिय परिवर्तन पार्टीले ५२४ र एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी) ले ४८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीले ३८३ मत ल्याएको छ ।

यस्तै राष्ट्रिय गौरव पार्टीले २४४, एकल चिन्ह जाँतो (राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले २०४, सार्वभौम नागरिक पार्टीले १५५ र मंगोल नेशनल अर्गनाइजेसनले १४३ मत पाएका छन् ।

नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टी १२९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १११, जनमत पार्टीले ९३, जन अधिकार पार्टीले ६८ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ६३ मत पाएको छ ।

यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ६९, संयुक्त नागरिक पार्टीले ५६, नेपाल सद्‍भावना पार्टीले ५४, एकल चिन्ह मोबाइल (आम जनता पार्टी र जनादेश पार्टी नेपालले ४८७, प्रजातान्त्रिक पार्टी नेपालले ४८ र नेपालका लागि नेपाली पार्टीले ४४ मत ल्याएका छन् ।

नेपाल जनता पार्टीले ३१, पिपुल फर्ष्ट पार्टीले ३५, नेपाली जनश्रमदान संस्कृति पार्टीले ३०, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) ले २७, राष्ट्रिय एकता दलले ३३, नेपाल मजदुर किसान पार्टीले २९ र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २६ मत पाएका छन् ।

यसैगरी समावेशी समाजवादी पार्टीले २०, बहुजन शक्ति पार्टीले १७, राष्ट्रिय जनता पार्टीले १९, नागरिक शक्ति नेपालले १६, नेपाल मातृभूमि पार्टीले १४, जय मातृभूमि पार्टीले १७, नेपाल जनमुक्ति पार्टीले १५ र समावेशी समाजवादी पार्टी नेपालले १४ मत ल्याएका छन् ।

नेपाली जनता दलले १४ मत ल्याउँदा जनता लोकतान्त्रिक पार्टी नेपालले १२, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले १२, एकल चिन्ह जगर भएको (सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले १०, नेपाली काँग्रेस (वी.पी.) ले १० र राष्ट्र निर्माण दल नेपालले ८ मत पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!