संगालोखबर

धनकुटा । धनकुटाबाट नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका राई १८ हजार १ सय ३२ मतसहित विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश राईलाई ३ हजार ८ सय ७५ मतान्तरले पराजित गरेका छन् । कांग्रेस जिल्ला सभापतिसमेत रहेका दिनेशले १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, श्रम संस्कृति पार्टीका सानवहादुर राईले ११ हजार ९ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ र नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् ।

तीन स्वतन्त्रसहित १७ उम्मेद्वार चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । बाँकी सबै उम्मेदवारलाई पछि पार्दै राजेन्द्रले ह्याट्रिक गरेका हुन् ।

उनी यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!