
धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदीमा फोटो खिच्ने क्रममा चिप्लिएर नदीमा खस्दा एक महिला गम्भीर घाइते भएकी छिन् । मोरङको बुढिगंगा गाउँपालिका-१ बस्ने गोविन्द बरालकी २४ वर्षीया पत्नी सुस्मा पौडेल घाइते भएकी हुन् ।
आज दिउँसो करिब २ः४० बजे अरुण थर्ड हाइड्रोपावरको सामान बोक्नका लागि निर्माण गरिएको वैकल्पिक बाटोमा फोटो खिच्ने क्रममा पौडेल अचानक चिप्लिएर नदीमा खसेकी थिइन् ।
नदीले उनलाई बगाएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा उनलाई नदीले बगाएको स्थानबाट करिब ५ सय मिटर तल फेला पारी उद्धार गरिएको थियो ।
उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 















