
विराटनगर । मतगणना सुरु भएका मोरङका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी फराकिलो मतले अगाडि छन् ।
राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले ५८६ मत प्राप्त गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ५ मा पनि रास्वपाकी आशा झा ११२८ मत प्राप्त गर्दै अगाडि छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शिवकुमार मण्डलले ५०४, नेपाली काँग्रेसका फुलकुमार लालवानीले ५१०, नेकपा एमालेका मनोजकुमार अग्रवाल २८४ र जनता समाजवादी पार्टी (जसपा) का राजकुमार यादवले २३१ मत प्राप्त गरेका छन् ।
मोरङ–१ मा पनि रास्वपाका यज्ञमणि न्यौपाने २२०५ मतका साथ अगाडि छन् । श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले ९४५, काँग्रेसका खड्ग बहादुर फागोले ७७८, एमालेका घनश्याम खतिवडाले ४७३ र नेकपाका कुल प्रसाद लिम्बुले १०४ मत पाएका छन् ।

संगालोखबर 















