
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खसेको छ । प्रारम्भिक विवरण अनुसार कोशीमा १८ लाख ७६ हजार ५० मत खसेको हो ।
कोशीका ३५ लाख ७४ हजार ३ सय १० मतदाता मध्ये १६ लाख ९८ हजार बढी मतदाता मतदानमा सहभागि नभएको प्रारम्भिक विवरण छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान सम्पन्न गर्नका २५ हजार ७ सय ६४ जना कर्मचारी परिचालन गरिएको थियो ।

संगालोखबर 















