संगालोखबर


विराटनगर । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान देशभर सुरु भएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । देशभरसँगै विराटनगरका मतदान स्थलमा पनि मतदाताहरूको सहभागिता बाक्लो छ । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने जनाएको छ ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था छ । अपाङ्गता भएका, वृद्धवृद्धा, बिरामी, सुत्केरी र गर्भवती महिलालाई लाइनमा बस्न नपर्ने विशेष सुविधा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!