संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-६ बाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई नेता पक्राउ परेका छन् । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैंचा नगरपालिका-१० का ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाईं र मोरङ जिल्ला सचिव झापाको दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेल छन् ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजे पक्राउ गरेको हो । आज दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैंचा-१० स्थित पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने कार्यमा उनीहरूकै संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनीहरूको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, ५ थान मोबाइल, पार्टीको झण्डा १ थान र १०७ थान पम्प्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!