संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । आज अपरान्ह १२ः१५ सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएको हो ।

अहिले इलाका प्रहरी कार्यालय बेलबारीबाट पुगेको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको छ । उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद बस्तु बम हो या होइन यकिन हुन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!