संगालोखबर


सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरि सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर छन् ।

उनले रामचन्द्र ठाकुर नामक फेसबुक आईडी प्रयोग गरी निर्वाचनका विषयमा झुट्टा अफवाह र भिडियोहरू शेयर गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरो काठमाडौंको प्राविधिक सहयोगमा उनलाई अफवाह फैलाउन प्रयोग गरिएको मोबाइलसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!