संगालोखबर


विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।

कारागार प्रशासक गौरव ढुंगेलका अनुसार अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई मंगलबार राति १० बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा बुधबार राति १०ः४६ बजेतिर मृत्यु भएको ढुंगेलले जानकारी दिए । तामाङ लागूऔषध मुद्दाका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

अदालतको आदेशबाट तामाङलाई २०८१ असोज १६ गते कारागार चलान गरिएको थियो । उनी सजाय भुक्तान सकेर २०८३ साल माघ २७ गते छुट्ने थिए । जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ७५ जना कैदीबन्दी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!