संगालोखबर


विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठक बसेको छ । बैठकले फागुन १८ गते रातिदेखि २१ गते रातिसम्म ७२ घण्टाका लागि सिमानाका बन्द गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका नाकाहरू पूर्णरूपमा बन्द हुनेछन् । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने सहमति भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

यस्तै निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारीको प्रवेश रोक्नका लागि पनि नेपाली पक्षले भारतीय सुरक्षा निकायलाई आग्रह गरेको छ । सुरक्षा र प्रशासनिक निकायको संयुक्त बैठकमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने सहमति पनि भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!