संगालोखबर


धनकुटा । नेपाली काँग्रेस धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै काँग्रेस उम्मेदवार दिनेश राईले गाँजा खेतीको वैधानिकता लगायतलाई प्राथमिकता दिँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि क्षेत्र, बाँदर तथा जंगली जनावरहरू नियन्त्रण, पर्यटन क्षेत्रमा विषेश प्राथमिकता, चरा पर्यटन तथा बहु-वनस्पती पर्यटनका विषय समावेश छन् ।

यस्तै भौतिक पूर्वाधार साथै धरान-लेउती सुरुङ मार्ग निर्माणलाई प्राथमिकता, भाषा, कला, साहित्य र संस्कृति संरक्षण, आठपहरिया जातिलाई अल्पसङ्ख्यक तथा लोपोन्मुख जातीमा सूचिकृत गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

घरेलु उद्योग, धनकुटेलीको जवानी : धनकुटामा लगानी, व्यवसायिक शहर : उर्वर गाउँ कार्यक्रम, गाँजा खेतीलाई वैधानिक बनाउन पहल र एक पालिका एक विषेश कार्यक्रमलाई उनले आफ्नो प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।

यस्तै धनकुटा-हिले-पाख्रीबास-उत्तरपानी-सिधुवा समेटेर वृहत नगर निर्माण, पर्यटनका लागि हिमालघर निर्माण, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन, कोखदेखि शोकसम्म सेवा सुनिश्चित र राजारानी खेल मैदानलाई किरण चेम्जोङ अन्तराष्ट्रिय रङ्गशालाको रूपमा विकास गर्ने उनले उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!