संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-५ कर्मीटारमा रहेको सुनौलो जीवन सुधार तथा उपचार केन्द्रबाट १२ जना फरार भएका छन् । आज बिहान केन्द्रको भवनबाट सुरक्षा घेराको तारबेरा तोडेर उनीहरू फरार भएका हुन् ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार फरार भएकाहरूलाई लागूऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएको थियो ।

उनका अनुसार केन्द्रमा रहेका ३० जनामध्ये १२ जना फरार भएकाले खोजीकार्य तीब्र पारिएको छ । सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालका अनुसार उनीहरू केन्द्रको भवनको माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएका हुन् ।

विजय मल्लिकको अगुवाइमा हेरचाह गर्ने व्यक्तिलाई कुटपिट गरेर उनीहरू फरार भएका खनालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!