संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ–६ मा चुनावी अभियान तीव्र बनाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोइरालाले चुनावी अभियान अन्तरगत  बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्‌घाटन गरेका छन् ।

बूढीगंगा गाउँपालिका-१, २, ३, ४, ६ र ७ मा पार्टी कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले पछिल्ला वर्षहरूमा गाउँपालिकामा पूर्वाधार विकासले गति लिएको दाबी गरे । उनले पिउने पानी, सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्था स्तरोन्नति लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।

‘अघिल्ला वर्षको तुलनामा बूढीगंगाको स्वरूप फेरिएको छ,’ उनले भने, ‘विकास नभएको भन्ने आरोप यथार्थमा आधारित छैन ।’ नेता कोइरालाले नेपालमा विकासको जग काँग्रेसले नै बसाएको दाबी गरे ।

‘२०४८ सालमा काँग्रेस नेतृत्वको सरकारले अघि सारेको नीतिकै कारण अहिले गाउँ-गाउँमा शिक्षा, स्वास्थ्य, सडक, बिजुलीबत्ती, खानेपानी पुगेको छ । त्यसको सम्पूर्ण देन काँग्रेसकै हो’, उनले भने ।

निर्वाचन मिति नजिकिँदै जाँदा गाउँ-टोल केन्द्रित कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको उनको सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!