
धनकुटा । धनकुटा नगरपालिकाले महिला तथा किशोरी मैत्री सुरक्षित स्थान सञ्चालनमा ल्याएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायले विश्व बैकको अनुदान सहयोगमा कार्यन्वयन गरिरहेको परियोजना अन्तरगत धनकुटा नगरपालिकाले पनि महिला तथा किशोरी मैत्री सुरक्षित स्थान सञ्चालन ल्याएको हो ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत सञ्चालनमा ल्याइएको सुरक्षित स्थानको नगरपालिका प्रमुख चिन्तन तामाङ र परियोजनाकी टिम लिडर जया शर्माले उद्घाटन गरे ।

परियोजना व्यवस्थापन इकाईका कार्यक्रम विज्ञ अप्सरा कार्कीका अनुसार हिंसामा परेका साथै सम्पूर्ण महिला तथा किशोरीहरूलाई परामर्श र वृद्धि विकासमा सहजीकरण गर्ने कार्यहरू सञ्चालन गरिने छ ।
लैङ्गिक हिंसा न्यूनिकरण गर्ने उद्देश्यले सुरक्षित स्थान स्थापन गरिएको उनको भनाइ छ । लैङ्गिक हिंसामा परेकाहरूलाई यसले ठूलो सहयोग पुर्याउने उनको विश्वास छ ।

संगालोखबर 














