
विराटनगर । मोरङको रंगेली नगरपालिका-२ चेकापुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका-५ का ३३ वर्षीय रामनारायण महतोको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार उनकी पत्नी ३० वर्षीया द्रौपति महतो घाइते भएकी छन् । उनको रंगेली अस्पतालमै उपचार भइरहेको छ ।
आज दिउँसो १ः२५ बजेतिर को ३० प ३९१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरेको तथा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 














