
विराटनगर । मोरङको रंगेली नगरपालिका-२ जलियामा एक महिला घरभित्रै मृत फेला परेकी छन् । आज दिउँसो ३५ वर्षीया मोरङमई मुर्मू घरको कोठाभित्र मृत फेला परेकी हुन् ।
मृत फेला पर्नुअघि पति–पत्नीको झगडा परेको जानकारी स्थानीयले दिएपछि प्रहरीले उनका पति साईना मुर्मूलाई नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । शव पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














