
विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आईटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित उपाधि जितेको हो ।
विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डागीहाट ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तृतीय भएको छ ।
जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले प्रदेश हुँदै वैशाखमा काठमाडौंमा हुने आईटीएफको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । मोरङमा विभिन्न डोजाङका सय बढी खेलाडीहरूले प्याटन र स्पाइरिङका इभेन्ट्स प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
खेलाडीहरूलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरेका छन् ।

संगालोखबर 














