संगालोखबर


धनकुटा । धनकुटामा ‘चियासँग कविता’ कार्यक्रमको पहिलो वार्षिकोत्सव मनाइने भएको छ । रेडियो धनकुटा एफएम संयोजन रहेको ‘चियासँग कविता’ कार्यक्रमको वार्षिकोत्सवका अवसरका विभिन्न विधामा पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

चियासँग कविता २०८१ फागुन १ गतेदेखि साप्ताहिक रूपमा संचलन हुँदै आएको छ । लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम संचालन सुरु गरिएको धनकुटा एफएमका स्टेसन मेनेजर गोपाल बराइलीले बताए ।

सोही अवसरमा ‘चियासँग कविता’ संग्रहको पुस्तक विमोचन गरिने उनले जानकारी दिए । यस्तै विभिन्न विधामा योगदान गर्ने व्यक्ति तथा साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार साहित्य रत्न १५ हजार, युवा साहित्य ५ हजार, नव प्रतिभा ५ हजार र चियासँग कविता पत्रकारिता पुरस्कार ५ हजार प्रदान गरिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!