संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-४ छारागाउँ बरबोटेस्थित एक घरमा आगलागी हुँदा पूर्णरूपमा नष्ट भएको छ । आज बिहान करिब करिब ९ः४० बजे भएको आगलागीबाट घर जलेर नष्ट भएको हो ।

लोकबहादुर श्रेष्ठको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किएर टिन, ढुङ्गा, माटोले बनेको एक तले कच्ची घरमा आगलागी भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

उनले आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको बताए । धनकुटा नगरपालिकाको दुईवटा दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेको छ ।  क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!