संगालोखबर


सुनसरी । सुनसरीबाट २८ हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-१० का २५ वर्षीय बहिस मियाँ छन् ।

बुधबार राति हरिनगरा गाउँपालिका-१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा उनले नक्कली नोट दिएको सूचना प्रहरीलाई पुगेको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले एक हजार दरका २८ वटा नोटसहित उनलाई पक्राउ गरेको हो ।

चेकचाँज गर्दा उनको साथबाट उक्त नक्कली रकम फेला परेको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!