संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीबाट प्रहरीले गाँजा बोकेको भारतीय कार नियन्त्रणमा लिइएको छ । आज दिउँसो करिब २ बजे मुलघाटबाट धरान जाँदै गरेको बी आर डब्लु ११ एच ४८७५ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।

तर उक्त कारमा नेपाली नम्बर प्लेट बा १० च ५६१५ जडान गरेको पाइएको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । कारबाट ९० किलो गाँजा बरामद भएको छ ।

प्रहरीलाई देखेपछि चालक कार छाडेर फरार भएका छन् । चालकले कार छाडेर भागेपछि चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले कार चालकको खोजी तीब्र बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!