
विराटनगर । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
कोशी गाउँपालिका-१ भन्सार कार्यालय छेउबाट सप्तरीको सप्तकोशी नगरपालिका-१ का २४ वर्षीय ईश्वर प्रसाद भगत ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
यस्तै भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट धनकुटाको धनकुटा नगरपालिका-९ का २६ वर्षीय सुक्दीप राई र सहिदभूमि गाउँपालिका-४ का २७ वर्षीय साजन राई १० ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

संगालोखबर 














