संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह विराटनगर आएर सुनसरीतर्फ लागेका छन् । आज बिहान मोरङको उर्लाबारीबाट यात्रा सुरु गरेका बालेन पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगरबाट  सुनसरीतर्फ लागेका छन् । बालेन विराटनगरमा थोरै समय बसेर सुनसरी गएका हुन् ।

विभिन्न स्थानमा भेटघाट कार्यक्रममा सीमित समय निकाल्दै उनले पार्टी संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय तहका समस्या तथा सम्भावनाका बारेमा सामान्य संवाद गरेका थिए ।

विराटनगरबाट हिँडिसकेका बालेन दुहबी हुँदै इटहरी पुग्ने तालिका छ । इटहरीमा करिब डेढ घण्टा कार्यकर्ता र उम्मेदवारसँग विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

त्यसपछि उनी इटहरीबाट इनरुवा र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यतालिका छ । बराहक्षेत्रको कार्यक्रम सम्पन्न गरेपछि उनको अन्तिम गन्तव्य उदयपुर हुने छ । उदयपुरमा उनी दिउँसो ४ बजेसम्म पुग्ने बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!