संगालोखबर


विराटनगर । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई ३१ सेट जर्सी प्रदान गरेको छ ।

आज परिसंघका अध्यक्ष पवन कुमार सारडा, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजय हरि शर्माले विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा माध्यमिक तह शिक्षक देवीप्रसाद ढुंगेललाई खेलकुद जर्सी प्रदान गरेका हुन् ।

आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी विद्यार्थीहरूलाई खेलकुद प्रति  रुचि जगाउन तथा उत्साह प्रदान गर्न खेलकुद जर्सी प्रदान गरिएको परिसंघका अध्यक्ष सारडाले बताए ।

आगामी दिनमा समेत विद्यार्थीको भविष्यका लागि सहयोग गर्ने उनले जानकारी गराए । हाल विद्यालयमा ४५० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । अधिकांश विद्यार्थीहरू सीमान्तकृत आदिवासी, जनजाति र निम्नवर्गीय परिवारका रहेका विद्यालयले जनाएको छ ।

विद्यालयमा समेत आर्थिक समस्या हुँदा खेलकुद जर्सी किन्न कठिन भएकाले विद्यार्थीहरूका लागि ग्रहण गरिएको सहायक प्रधानाध्यापक खत्रीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!