
विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । शनिबार भएको सातौँ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा शरण कुमार याक्सो र दुर्गाप्रसाद तुम्रोक (नरेश), सचिवमा लक्ष्मी मेन्याङ्बो र सह-सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा चुडामणि योक्पाङदेन र सह-कोषाध्यक्षमा धर्मादेवी सेवाङ्ग चयन भए ।
सदस्यहरूमा करण बोखिम, सुशीला थलङ, तीर्थ लिम्बु, डम्बर होक्पाचोङवाङ, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाहाम्फे, मङ्गलसिंह चेम्जोङ, तुलमाया सम्बाहम्फे, भली सुब्बा, मनकुमारी थक्लुङ, धर्मा होक्पाजोवाङ र विकास इजम चयन भएका छन् ।
विराटनगर-१५ का वडाध्यक्ष प्रकाश साह तथा चुम्लुङका पूर्व अध्यक्ष मनोज सुब्बा लगायतले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनले किरात याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ ।

संगालोखबर 













