संगालोखबर


विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । शनिबार भएको सातौँ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा शरण कुमार याक्सो र दुर्गाप्रसाद तुम्रोक (नरेश), सचिवमा लक्ष्मी मेन्याङ्बो र सह-सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा चुडामणि योक्पाङदेन र सह-कोषाध्यक्षमा धर्मादेवी सेवाङ्ग चयन भए ।

सदस्यहरूमा करण बोखिम, सुशीला थलङ, तीर्थ लिम्बु,  डम्बर होक्पाचोङवाङ, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाहाम्फे, मङ्गलसिंह चेम्जोङ, तुलमाया  सम्बाहम्फे, भली सुब्बा, मनकुमारी थक्लुङ, धर्मा होक्पाजोवाङ र विकास इजम चयन भएका छन् ।

विराटनगर-१५ का वडाध्यक्ष प्रकाश साह तथा चुम्लुङका पूर्व अध्यक्ष मनोज सुब्बा लगायतले अधिवेशनको उद्‌घाटन गरेका थिए ।  अधिवेशनले किरात याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!