संगालोखबर


धनकुटा । धनकुटाको त्रिशूलेमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस धनकुटा नगरपालिका-१ स्थित त्रिशूलेमा आज बिहान ११ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा तेह्रथुमको लालीगुँरास नगरपालिका-२ का ५३ वर्षीय रेवान्त कुमार कामी, छथर गाउँपालिका-४ का २३ वर्षीय रविन लिम्बु, सोही स्थानका २२ वर्षीय राज लिम्बु, धनकुटाको छथर जोरपाटी-५ की २८ वर्षीया मुना रुचाल, उनकी ५ वर्षीया छोरी निक्खि रुचाल र धरान-५ की ४७ वर्षीया चन्द्रकला लिम्बु घाइते भएका छन् ।

उनीहरूको हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको धनकुटा प्रहरीका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ ।

अनियन्त्रित भएर बस सडकबाट पल्टिएको प्रहरीले जनाएको छ । बसमा १५ यात्रु सवार रहेकामा अन्य सकुशल छन् । बस चालक धरान-७ का ४५ वर्षीय विष्णु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!