संगालोखबर


विराटनगर । हिउँदे अधिवेशन आह्वान भएपछि कोशी प्रदेश सरकारले विराटनगरको वीरेन्द्र सभागृह भाडामा लिने तयारी थालेको छ । मासिक आठ लाख शुल्क बुझाएर कोशी सरकारले ६ महिनाका लागि सभागृह भाडामा लिन लागेको हो ।

आज बसेको बैठकले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते वीरेन्द्र सभागृहमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

जेनजी आन्दोलनमा आगजनी हुँदा देवकोटा चोकमा रहेको प्रदेशसभा ध्वस्त भएपछि कटहरीमा रहेको कृषि बजारको भवनमा सारिएको छ । तर त्यहाँ आवश्यक संरचना बन्न नसक्दा अधिवेशन वीरेन्द्र सभागृहमा गर्न लागिएको हो ।

प्रदेशसभाको बैठक कक्ष निर्माणका लागि ठेक्का लगाउने तयारी भइरहेको र संरचना नबन्दासम्म वीरेन्द्र सभागृहमा बैठक सञ्चालन हुने प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार महानगरपालिकासँग ६ महिनाका लागि भाडाको सम्झौता गर्ने तयारी भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!