संगालोखबर


धनकुटा । शताब्दी पुरुषका रूपमा परिचित धनकुटाका लक्ष्मण तामाङको १०१ वर्षको उमेरमा निधन भएको छ । छथर जोरपाटी गाउँपालिका-४ तेलियाका तामाङको गएराति आफ्नै घरमा निधन भएको हो ।

वि.सं. १९८१ मा तेलियामा जन्मिएका तामाङ सामाजिक र राजनीतिक रूपमा पनि सक्रिय थिए । उनी २०३९ देखि २०४३ सालसम्म साबिक तेलिया गाविस वडा नम्बर १ को वडाध्यक्ष भएका थिए ।

उनले १५ भन्दा बढी निर्वाचनमा मतदान गरेको अनुभव सुनाउँथे । उनी ‘झाँक्री बा’ का नामले समेत परिचित थिए ।

६ सन्तानका अभिभावक रहेका उनी केही महिनादेखि शारीरिक रूपमा अशक्त भएर घरमै थलिएका थिए । उनकी श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनले निधनले गाउँ शोकमा परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!