संगालोखबर


विराटनगर । मोरङको सुनबर्षी नगरपालिका–१ गिर्दलियाका आगलागी पीडित परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । मंगलबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आगलागी भएको स्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले प्रदेश सरकारको तर्फबाट सात थान ब्लाङकेट, सात थान त्रिपाल, चामल, तेल र नुन लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै नेपाल रेडक्रस सोसाइटी र सुनबर्षी नगरपालिकाले समेत राहत सामग्री उपलब्ध गराएको छ । स्थानीय आजाद मियाँको घरमा विद्युत सर्ट हुँदा सोमबार राती १० बजे आगलागी भएको थियो ।

आगलागी फैलिएर आजादको घर, सँगै रहेको किराना पसल, छिमेकी अलाहदिन मियाँ, घोता मियाँ, फर्मु मियाँ र असलम मियाँको घर र घरभित्रको लत्ताकपडा तथा खाद्यान्न पूर्णरूपमा जलेर नष्ट भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!