
विराटनगर । जेनजी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी थालिएको छ । प्रदेशसभालाई अस्थायी रूपमा मोरङको कटहरी गाउँपालिका-१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएपनि प्रदेश सभा बैठक विराटनगरको वीरेन्द्र सभागृहमा राख्ने तयारी गरिएको हो ।
देवकोटा चोकमा रहेको प्रदेशसभा भवनमा आगजनी गरिएपछि प्रदेशको संसद बैठक बस्न सकेको छैन । कृषि थोक बजारमै अस्थायी कार्यस्थल बनाएर प्रदेश सभा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको भनाइ छ ।
पराजुलीका अनुसार प्रदेशसभाको बैठक भने विराटनगरस्थित वीरेन्द्र सभागृहमा बसाउने तयारी भइरहेको छ । उनले हिउँदे अधिवेशन आह्वान भएपछि अस्थायीरूपमा वीरेन्द्र सभागृहमा नै बैठक बस्ने बताए ।
उनका अनुसार माघ २० देखि २५ गतेभित्रमा अधिवेशन आह्वान हुन्छ । कृषि बजारमा कात्तिक २६ गते प्रदेश सभा सचिवालय सारिएको थियो ।

संगालोखबर 













