संगालोखबर


विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ ।

१८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एभरेष्ट स्कुलले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । इटहरीको जनता माध्यमिक विद्यालय तृतीय भयो ।

विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रायोजक काबरा ग्रुपका निर्देशक नवलकिशोर काबरा, क्विज मास्टर सन्देशदास श्रेष्ठ, आयोजक संस्थाकी अध्यक्ष आयुषा खतिवडालगायतले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

विगत ३० वर्षदेखि एउटै आयोजक र प्रायोजकमार्फत अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता हुँदै आएको छ । मेयर कोइरालाले अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता शिक्षामा निरन्तरता, अनुशासन र प्रतिबद्धताको सशक्त उदाहरण बनेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!