संगालोखबर


विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-६ भोटेपुलबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई प्रहरीले रोक्न खोजेको थियो । तर चालक साजनले नरोकी भागेपछि इनरुवा-४ बाट प्रहरीले अटो नियन्त्रणमा लिएको थियो ।

अटोमा चेकजाँच गर्दा ९९ किलो एक ग्राम गाँजा बरामद भएपछि चालक साजनसहित अटोमा सवार गगनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!