संगालोखबर


धनकुटा । नेपाल-भारत मैत्री संघले धनकुटाका विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल बितरण छ । सोमबार संघको ७७ औँ स्वतन्त्रता दिवसको अवसर पारेर कम्बल वितरण गरेको हो

संघले धनकुटा नगरपालिका-४ देब्रेबासका १७ जना विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नेपाल-भारत मैत्री संघ धनकुटाका अध्यक्ष महेशप्रसाद श्रेष्ठले उनीहरूलाई कम्मल हस्तान्तरण गरेका थिए ।

श्रेष्ठले स्वतन्त्रता दिवस केवल औपचारिक कार्यक्रमका लागि मात्र नभई सामाजिक सेवामार्फत मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा लिइएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!