संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धनकुटाको सहिदभूमि गाउँपालिका-५ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका रोहन राई छन् । उनलाई १३ किलो चार सय ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित चार जना पक्राउ परेका छन् । प्रहरीले धरान-१७ का निर बहादुर दर्जी र किरण मगरलाई लागूऔषध ब्राउन सुगर एक सय ८० मिलिग्राम र प्रतिबन्धित औषधी एक सय १९ पिससहित पक्राउ गरेको हो ।

यस्तै इटहरी-१९ का अविनाश चौधरीलाई चार सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उदयपुरबाट बा ९५ प ६२९१ नम्बरको मोटरसाइकल चालक त्रियुगा-११ का सविन राईलाई एक सय ५० एम्पुल प्रतिबन्धित औषधीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका पाँचै जनाविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!