
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा मतगणना सुरु भएको छ । विराटनगरस्थित निर्वाचनस्थलमा मतगणना सुरु गरिएको हो ।
आजै साँझसम्म अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ४५ जनाले मतदान गरेका छन् ।
९२ जना प्रदेश सभा सदस्यमध्ये ८७ जना र २ सय ६७ स्थानीय तहका पदाधिकारीमध्ये २ सय ५८ जनाले मात्र मतदान गरेका हुन् । निर्वाचनमा ५ जना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेनन् । मतगणना सुरु भइसकेकाले अबको केही घण्टामै नतिजा आउने जनाइएको छ ।

संगालोखबर 













