
विराटनगर । सुनसरीको धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ हुने भएको छ । धरानस्थित गल्फ कोर्समा १ सय २० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने भएको हो ।
कोशी प्रदेश गल्फ संघको आयोजनामा माघ १६ र १७ गते प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष सुयश प्याकुरेलले गल्फ खेलको दीर्घकालीन विकास, पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
स्थापना कालदेखि नै गल्फ खेलको प्रवर्द्धन गर्दै आएको संघले एमेच्योर तथा व्यावसायिक दुबै खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च तथा विकासका अवसरहरू प्रदान गर्दै उल्लेख गरे । यो प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा थप भूमिका खेल्ने उनको विश्वास छ ।

संगालोखबर 













