
विराटनगर । राष्ट्रिय सभा सदस्य चयनका लागि विराटनगरमा मतदान सुरु भएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका आज ७ वटै प्रदेशमा मतदान हुँदैछ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा अन्य समूहअन्तर्गत १ पदमा नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनबाट काँग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
बाँकी १७ पदका लागि मतदान भइरहेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

संगालोखबर 













