संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको क्रिकेट लिगको उपाधि विराटनगरले जितेको छ । मेलीवोन ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले पराजित गर्दै विराटनगर क्रिकेट क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उप विजेता सिद्धार्थले नगर १० हजार र ट्रफीमा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३८ रनको योगफल तयार पारेको थियो ।

विराटनगरका लागि सुजन थपलियाले ४७ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै ७२ रन जोड्दा कमल देव चौधरीले १९ रन र कृष शर्माले १५ रन जोडे । श्रवण किस्कुले २ विकेट लिँदा दिपेश कँडेल र निरज मुखियाले १-१ विकेट लिए ।

जवाफमा १ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ३६ रन मान बनाउन सक्यो । सिद्धार्थका रविन मण्डलले ४८ रन जोड्दा अनिल लामिछानेले ३६ रनको योगदान दिए ।

विराटनगरका कृष शर्माले ४ विकेट लिँदा रितेश झाले ३ विकेट र प्रशान्त साहले २ विकेट लिए ।  फाइनल खेलको प्लेयर अफ द फाइनल विराटनगरका कृष शर्मा घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर लायनका सकिव हक भए भने उत्कृष्ट बलर सिद्धार्थका दिपेश कँडेल भए । प्लेयर अफ टुर्नामेन्ट सिद्धार्थका फिर्दाेस अन्सारी भए ।

विजयी तथा अन्य खेलाडीलाई कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद वावु कुरेसी र  नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!